Monday, December 16, 2013

खाद्य प्रयोगशाला निर्माणमा भारतीय चासो

पूर्वी सीमावर्ती क्षेत्रमा आधुनिक खाद्य परीक्षण प्रयोगशाला निर्माणका लागि भारतले चासो देखाएको छ । भारत लगायतका देशमा निकासी हुने खाद्य तथा कृषिजन्य वस्तुको गुणस्तर परीक्षणमा नेपाली व्यवसायीले झन्झट व्यहोर्नु परिरहेका बेला भारतले प्रयोगशाला निर्माणका लागि चासो देखाएको हो । 
   दुबै देशको साझेदारी हुने गरी भारत सीमावर्ती क्षेत्रमा आधुनिक प्रयोगशाला निर्माणका लागि तयार भएको झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश डालमियाले बताउनु भयो । 
  सीमावर्ती क्षेत्रमा खाद्य परीक्षणका लागि आधुनिक प्रयोगशाला नहु“दा नेपाली व्यवसायीले भारतको कलकत्तासम्म पुगेर खाद्य तथा कृषिजन्य बस्तुको गुणस्तर परीक्षण गराउनु पर्ने बाध्यता छ । निकासी हुने बस्तुको गुणस्तर परीक्षणपछि मात्रै भन्सार जा“चपास हुने गरेको छ । भारत लगायतका देशमा निकासी हुने खाद्य बस्तुको गुणस्तर परीक्षणका क्रममा मात्रै मालवाहक ट्रक पा“च÷सात दिन मेची भन्सार नाकामा रोकिने गरेका छन् । गुणस्तर परीक्षणस“गै सामान निर्यात गर्न पा“च÷सात दिन लाग्ने भएकाले तत्काल निकासी गर्नुपर्ने खाद्य तथा कृषिजन्य बस्तु सड्ने सम्भावना पनि उत्तिकै हुने गर्छ । जसका कारण नेपाली व्यवसायीले अनपेक्षित रुपमा नोक्सानी व्यहोर्नु पर्ने बाध्यता छ ।
  नेपाली उद्योगी व्यवसायीस“गको भेटमा भारतीय पक्षले नेपाल सरकारले चासो देखाए खाद्य प्रयोगशाला निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष डालमियाले बताउनु भयो । यसैसाता पूर्वी नेपालका उद्योगी व्यवसायीस“ग झापाको भद्रपुरमा भएको भेटमा भारतीय राजदूत रञ्जित रेले नेपाली पक्षले पहल गरे सबै प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराउन भारत तयार रहेको बताउनु भएको थियो ।  


Sunday, December 15, 2013

तरलता व्यवस्थापन चुनौतीपूर्ण

राष्ट्रिय सहकारी वैकका नव निर्वाचित अध्यक्ष रमेश पोखरेलले राष्ट्रिय सहकारी ऐन जारी गर्न पहल थालिएको बताउनु भएको छ । उहा“ले ऐन जारी भए पूर्जीको सीमा नहुने पनि बताउनु भयो ।
आफ्नै स्वागत तथा सम्मानका लागि ३० मंसीरमा विर्तामोडमा आयोजित समारोहमा बोल्दै अध्यक्ष पोखरेलले सो कुरा बताउनु भएको हो । उहा“ले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै तरलता व्यवस्थापन सहकारी वैकका लागि प्रमुख चुनौति भएको बताउनु भयो 
  अन्तर्राष्ट्रिय वैक तथा वित्तिय संस्था राष्ट्रिय सहकारी वैकमार्फत नेपालमा लगानी गर्न इच्छुक रहेको बताउ“दै अध्यक्ष पोखरेलले भूमिगत जल सिञ्चाई र गरिवी निवारणका क्षेत्रमा लगानी बढाउ“दै लैजाने बताउनु भयो । सो अवसरमा बोल्दै नेपाल वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारी सञ्जाललाई नियमन गर्ने कानुन प्रभावकारी हुन नसकेको बताउनु भयो ।
  झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष हरिचरण बानिया“को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी वैकका आमन्त्रित केन्द्रीय सदस्य महेन्द्रकुमार गिरी, राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष डिल्ली दाहाल,  जिल्ला सहकारी सङ्घका २ नम्वर क्षेत्रीय संयोजक कमल बस्नेत, नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानी दङगाल, राष्ट्रिय सहकारी वैक विर्तामोडकी शेयर तथा निक्षेप वृद्धि उपसमितिकी सदस्य तुलसा कुव“र, जिल्ला सहकारी सङ्घका सहसचिव युवराज ढकाल लगायतले बोल्नु भएको थियो । 


Saturday, February 23, 2013

अग्ला राजनका अग्लै दुःख


सात फिट तीन इन्च उचाइका राजन अधिकारी नेपालका सबैभन्दा अग्ला मात्रै होइनन्, विश्वकै अग्लामध्ये तेस्रो हुन् । अहिले ३४ वर्ष पुगेका राजन जन्मँदै दुई दिदीभन्दा पनि अग्ला थिए रे । १३ वर्ष पुग्दा त ६ फिट अग्ला भइसकेका थिए । १५ वर्षकै उमेरमा ५ फिट १ इन्चकी तारा पराजुलीसँग विवाह गरेका उनी एक छोरी र एक छोराका पिता हुन् । उनले आफ्नो जीवनको उतारचढाव यसरी वर्णन गरे :

खोटाङको मात्तिम-१ मा जन्मिए पनि मलाई त्यहाँको बारे धेरै थाहा छैन । जन्मेको अढाई वर्षपछि परिवार प्रकाशपुर बसाइ सर्‍यो । त्यसपछि झापाको शरणामती हुँदै हामी मोरङको बयरबन पुग्यौँ । बयरबनमै बुबा बित्नुभयो । अहिले इटहरी-५ मा बस्दै आएको छु । 
चर्चा
झापामा बुबालाई फोक्सो रोगले च्यापेपछि दमकको आम्दा अस्पताल लगेँ । जाँचपछि औषधि लिएर जाँदा ढोकामा टाउको ठोक्कियो । मेरो उचाइ देखेर डाक्टर छक्क परे । त्यसवेला म सात फिट रहेछु । तिनै डाक्टरले पत्रकारलाई भेटाइदिए । भोलिपल्ट समाचार आयो 'अग्ला व्यक्तिको बाबुको उपचारमा समस्या' भनेर । त्यसपछि मानिस मलाई भेट्न आउन थाले । सहयोग पनि पाउन थालेँ । दमकको सुरज मेडिकल र सुमन फर्निचरले निकै गुन लगाए । 
त्यसपछि राष्ट्रिय पत्रिका र टेलिभिजनमा पनि समाचार आउन थाले । अनि मात्र थाहा भयो, मेरो उचाइ नेपालमै सबैभन्दा बढी रहेछ । 
चर्चापछि मलाईं काठमाडौं बोलाइयो । दरबारबाट पनि लिन गएका थिए । तर, बुबा बिरामी भएकाले मैले मानिनँ । पछि, भलिबल संघले पत्र पठाएर अनुरोध गरेपछि काठमाडौं गएँ । दुई वर्ष धनगढी बसेर भलिबलको राष्ट्रिय टोलीको प्रशिक्षण पनि लिएँ । भारतसँग भएको पहिलो म्याच जितियो पनि । तर, ०५७ सालको पिकनिकमा बिदा नमिलाएको रिसमा प्रशिक्षकहरूमाथि हातपात भएको थियो । म त्यसमा सहभागी नभए पनि सबैलाई सस्पेन्स गरियो । त्यसपछि भलिबल टिम छाडेँ । 
त्यसैवेला भलिबल खेल्न जान्ने भएकाले गृह मन्त्रालयले मलाई प्रहरीमा भर्ना गरिदिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीलाई पत्र लेखिदियो । तर, त्यहाँका इन्स्पेक्टरले जागिर खान सिफारिस लिएर आएको भनेर होच्याएनन् मात्र, तीन/चार दिन धाउँदा पनि पत्र खोलेनन् । मैले अपमानित भएको महसुस गरेर प्रहरी नहुने निधो गरेँ । 
कोइराला छक्क
त्यसपछिको केही समय घरमै बसे पनि चर्चामा आइसकेकाले खेती नै गरेर बस्न मन लागेन । काठमाडांै गएर संघर्ष गर्ने विचार गरेँ । काठमाडौं आएर प्रधानमन्त्री भेट्न गएँ । तर, पिए गोकर्ण पौडेलले भेट्न दिएनन् । त्यही वेला मलाई पहिलोपटक अग्लो व्यक्ति भनेर रेयुकाईले सम्मान गर्‍यो । त्यहाँ तत्कालीन समाज कल्याणमन्त्री कमला पन्त पनि आउनुभएको थियो । उहाँलाई भनेपछि बल्ल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न पाएँ । उहाँले मलाई देखेर छक्क पर्दै भन्नुभयो, 'बाफरे π कत्ति अग्लो मान्छे' । उहाँलाई आफू निकै अग्लो छुजस्तो लाग्दो रहेछ । उहाँले जिल्लावासी पनि भएकाले फोन नम्बर दिएर केही परे सोझै फोन गर्न भन्नुभयो । मैले शान्तिदूत बनेर विश्वभ्रमण गर्ने योजना सुनाएँ । उहाँले सबै प्रबन्ध मिलाइदिनुभयो । उहाँकै सल्लाहमा 'वल्र्ड पिस एन्ड लभ' भन्ने संस्था दर्ता गरेँ । 
अधुरो विश्वभ्रमण
बुद्धको स्तुपाको प्रतीक बोकेर बुद्धजयन्तीको अवसर पारेर विश्वभ्रमणमा निस्किएँ । मसँग अपांगता भएका साथी चित्र पौडेल पनि हुनुहुन्थ्यो । हामीले भारत, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, कम्बोडिया, म्यानमारलगायत देशको भ्रमण गर्‍यौँ । भ्रमणका क्रममा पुगेका स्थानमा सम्मान पनि पाइयो । सरकारी निकाय र सञ्चारमाध्यमले राम्रो सहयोग गरे । तर, विदेशमा नेपालीले पाएको दुःख देखेर साह्रै चित्त दुख्यो । 
तीन महिना १५ दिनको भ्रमणपछि स्वास्थ्यका कारण भ्रमण स्थगित गर्नुपर्‍यो । 
अप्रेसन गर्न डाक्टरको झगडा
काठमाडौं बस्दा मैले सिएमएको तालिम पनि लिएँ । त्यसै क्रममा मह जोडीका साथै डा. उपेन्द्र देवकोटासँग पनि भेट भयो । डा. देवकोटाले मेरो उचाइ बढेको बढ्यै गरेको थाहा पाएपछि डा. वसन्त पन्तसँग भेटाइदिनुभयो । स्वास्थ्यमा समस्या पर्ने थाहा पाएकाले म अप्रेसनका लागि तयार भएँ । डा. वसन्त मेरो अप्रेसन गर्न तयार हुनुभयो । ९ चैत ०५८ मा अप्रेसन गर्ने तय भयो । त्यसैवेला नेपाल टेलिभिजनबाट मेरो अन्तर्वार्ता प्रसारण भयो । मैले उचाइ बढेको-बढ्यै भएकाले अप्रेसन गराउँदै छु भनेँ । त्यो अन्तर्वार्ता डा. देवकोटाले पनि हेर्नुभएछ र भोलिपल्ट बिहानै मलाई वीर अस्पतालमा बोलाउनुभयो । 
देशकै अग्लो मान्छे भएकोले मेरो अप्रेसन उहाँले आफैँ गरिदिने बताउनुभयो । मलाई के गरौँ-के गरौँ भयो । त्यसले निकै तनाव भयो । 
अन्ततः ७ चैतमा डा. देवकोटाले नै वीर अस्पतालमा अप्रेसन गर्नुभयो । अप्रेसन सफल पनि भयो । तर, देवकोटा र वसन्तबीच मनमुटाव भयो । 
अग्लो हुनुको दुःख
अग्लो हुनुका फाइदाभन्दा बेफाइदा धेरै छन् । उचाइमैत्री साधन पाइँदैन । त्यसले यात्रा गर्दा साह्रै गाह्रो हुन्छ । पहिरन र अन्य आफूलाई चाहिने सामान पनि सहजै नपाइने । 
मैले घर बनाउँदा पनि ११ फिट अग्लो तला भएको बनाएको छु । ढोकाको उचाइ पनि ७ फिट ६ इन्च बनाएको छु । सबैले मेरो घरलाई 'कति अग्लो' भन्छन् । पलङ पनि आफ्नै साइजको बनाएको छु । नभए त सुत्दा राम्ररी खुट्टा तन्काउन पनि नपाइने । उचाइकै कारण सेलिब्रेटी पनि भएको छु । सेलिब्रेटी हुनुको पनि आफ्नै दुःख छ । 
तर, व्यक्तिगत जीवनमा भने सन्तुष्ट छु । पत्नीले मप्रति गर्व गर्छिन् । छोराछोरीलाई निःशुल्क पढाउन पाएको छु । 
योजना
राजन अधिकारी फाउन्डेसनमार्फत समाजसेवा गरिरहेको छु । यसले सुनसरी, मोरङ र झापामा अलग-अलग शाखा बनाएर एम्बुलेन्स सञ्चालन गरेको छ । जसमा गरिब र दलितलाई पैसा लिइँदैन । 
अब आधुनिक कृषिमा लाग्ने योजना छ । गाई पाल्ने योजनाका साथ गोधुली एकीकृत कृषि पशुपालन र्फम दर्ता गरेको छु । सबै पूर्वाधार तयार भइसक्यो । गाई ल्याउन बाँकी छ ।



Thursday, February 21, 2013

लौ बधाई छ

झापाका पत्रकार रोहित काफ्लेलाई सम्मान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी । आर्थिक क्षेत्रको समाचारलाई प्रमुखता दिएको भन्दै झापा उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधारणसभाका अवसरमा निर्माण लहर साप्ताहिकका सम्पादक काफ्लेलाई सम्मान गरिएको हो ।

Tuesday, February 19, 2013


 तमु ह्योल धी (गुरुङ राष्ट्रिय परिषद् ) को दोस्रो राष्ट्रिय महाधिवेशनका अवसरमा  झापाको विर्तामोडमा निकालिएको र्याली । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने नाराका साथ सुरु भएको महाधिवेशनमा १२ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी भए ।


रंगमञ्चमा रमाएको परिवार


अधिकांश हात्तीपाइले रोगीलाई हाइड्रोसिल