राष्ट्रिय सहकारी वैकका नव निर्वाचित अध्यक्ष रमेश पोखरेलले राष्ट्रिय सहकारी ऐन जारी गर्न पहल थालिएको बताउनु भएको छ । उहा“ले ऐन जारी भए पूर्जीको सीमा नहुने पनि बताउनु भयो ।
आफ्नै स्वागत तथा सम्मानका लागि ३० मंसीरमा विर्तामोडमा आयोजित समारोहमा बोल्दै अध्यक्ष पोखरेलले सो कुरा बताउनु भएको हो । उहा“ले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै तरलता व्यवस्थापन सहकारी वैकका लागि प्रमुख चुनौति भएको बताउनु भयो
अन्तर्राष्ट्रिय वैक तथा वित्तिय संस्था राष्ट्रिय सहकारी वैकमार्फत नेपालमा लगानी गर्न इच्छुक रहेको बताउ“दै अध्यक्ष पोखरेलले भूमिगत जल सिञ्चाई र गरिवी निवारणका क्षेत्रमा लगानी बढाउ“दै लैजाने बताउनु भयो । सो अवसरमा बोल्दै नेपाल वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारी सञ्जाललाई नियमन गर्ने कानुन प्रभावकारी हुन नसकेको बताउनु भयो ।
झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष हरिचरण बानिया“को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी वैकका आमन्त्रित केन्द्रीय सदस्य महेन्द्रकुमार गिरी, राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष डिल्ली दाहाल, जिल्ला सहकारी सङ्घका २ नम्वर क्षेत्रीय संयोजक कमल बस्नेत, नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानी दङगाल, राष्ट्रिय सहकारी वैक विर्तामोडकी शेयर तथा निक्षेप वृद्धि उपसमितिकी सदस्य तुलसा कुव“र, जिल्ला सहकारी सङ्घका सहसचिव युवराज ढकाल लगायतले बोल्नु भएको थियो ।
No comments:
Post a Comment