Monday, December 16, 2013

खाद्य प्रयोगशाला निर्माणमा भारतीय चासो

पूर्वी सीमावर्ती क्षेत्रमा आधुनिक खाद्य परीक्षण प्रयोगशाला निर्माणका लागि भारतले चासो देखाएको छ । भारत लगायतका देशमा निकासी हुने खाद्य तथा कृषिजन्य वस्तुको गुणस्तर परीक्षणमा नेपाली व्यवसायीले झन्झट व्यहोर्नु परिरहेका बेला भारतले प्रयोगशाला निर्माणका लागि चासो देखाएको हो । 
   दुबै देशको साझेदारी हुने गरी भारत सीमावर्ती क्षेत्रमा आधुनिक प्रयोगशाला निर्माणका लागि तयार भएको झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश डालमियाले बताउनु भयो । 
  सीमावर्ती क्षेत्रमा खाद्य परीक्षणका लागि आधुनिक प्रयोगशाला नहु“दा नेपाली व्यवसायीले भारतको कलकत्तासम्म पुगेर खाद्य तथा कृषिजन्य बस्तुको गुणस्तर परीक्षण गराउनु पर्ने बाध्यता छ । निकासी हुने बस्तुको गुणस्तर परीक्षणपछि मात्रै भन्सार जा“चपास हुने गरेको छ । भारत लगायतका देशमा निकासी हुने खाद्य बस्तुको गुणस्तर परीक्षणका क्रममा मात्रै मालवाहक ट्रक पा“च÷सात दिन मेची भन्सार नाकामा रोकिने गरेका छन् । गुणस्तर परीक्षणस“गै सामान निर्यात गर्न पा“च÷सात दिन लाग्ने भएकाले तत्काल निकासी गर्नुपर्ने खाद्य तथा कृषिजन्य बस्तु सड्ने सम्भावना पनि उत्तिकै हुने गर्छ । जसका कारण नेपाली व्यवसायीले अनपेक्षित रुपमा नोक्सानी व्यहोर्नु पर्ने बाध्यता छ ।
  नेपाली उद्योगी व्यवसायीस“गको भेटमा भारतीय पक्षले नेपाल सरकारले चासो देखाए खाद्य प्रयोगशाला निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष डालमियाले बताउनु भयो । यसैसाता पूर्वी नेपालका उद्योगी व्यवसायीस“ग झापाको भद्रपुरमा भएको भेटमा भारतीय राजदूत रञ्जित रेले नेपाली पक्षले पहल गरे सबै प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराउन भारत तयार रहेको बताउनु भएको थियो ।  


Sunday, December 15, 2013

तरलता व्यवस्थापन चुनौतीपूर्ण

राष्ट्रिय सहकारी वैकका नव निर्वाचित अध्यक्ष रमेश पोखरेलले राष्ट्रिय सहकारी ऐन जारी गर्न पहल थालिएको बताउनु भएको छ । उहा“ले ऐन जारी भए पूर्जीको सीमा नहुने पनि बताउनु भयो ।
आफ्नै स्वागत तथा सम्मानका लागि ३० मंसीरमा विर्तामोडमा आयोजित समारोहमा बोल्दै अध्यक्ष पोखरेलले सो कुरा बताउनु भएको हो । उहा“ले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै तरलता व्यवस्थापन सहकारी वैकका लागि प्रमुख चुनौति भएको बताउनु भयो 
  अन्तर्राष्ट्रिय वैक तथा वित्तिय संस्था राष्ट्रिय सहकारी वैकमार्फत नेपालमा लगानी गर्न इच्छुक रहेको बताउ“दै अध्यक्ष पोखरेलले भूमिगत जल सिञ्चाई र गरिवी निवारणका क्षेत्रमा लगानी बढाउ“दै लैजाने बताउनु भयो । सो अवसरमा बोल्दै नेपाल वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारी सञ्जाललाई नियमन गर्ने कानुन प्रभावकारी हुन नसकेको बताउनु भयो ।
  झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष हरिचरण बानिया“को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी वैकका आमन्त्रित केन्द्रीय सदस्य महेन्द्रकुमार गिरी, राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष डिल्ली दाहाल,  जिल्ला सहकारी सङ्घका २ नम्वर क्षेत्रीय संयोजक कमल बस्नेत, नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानी दङगाल, राष्ट्रिय सहकारी वैक विर्तामोडकी शेयर तथा निक्षेप वृद्धि उपसमितिकी सदस्य तुलसा कुव“र, जिल्ला सहकारी सङ्घका सहसचिव युवराज ढकाल लगायतले बोल्नु भएको थियो ।